बारा कार्तिक १६ । मध्य तराईका मधेसी र थारु गाउँमा धुमधामका साथ सामा छकेवा पर्व सुरु भएको छ । पर्वलाई दाजुभाइ र दिदीबहिनीबीचको प्रेमको प्रतीकका रूपमा चिनिन्छ ।
बारा, पर्सा, रौतहट लगायत अरु जिल्लामा पनि चाडपर्वको उत्साह छाएको छ ।
भाइटीकाको दिनबाट औपचारिक रुपमा सुरु भएको पर्व कात्तिक पूर्णिमा सम्म मनाइछन ।
दिदीबहिनीले सामा छकेवा, चराचुरुङ्गी, वनजंगल लगायत विभिन्न आकारका मूर्तिहरु बनाउँछन् । उनीहरू समुहमा समाचाकेवा खेल्छन र लोकगीतहरु पनि गाउँछन् ।
मधेसी र थारु समुदायका अविवाहित युवतीहरूले भाइटीकाको दिनदेखि समुहमा सामा छकेवा खेल्न थालेका छन् र कात्तिक पूर्णिमाको दिनसम्म मनाउछन ।
करियामाई गाउँपालिका–७ की कोशिलादेवी बताउछन, “जिल्लाका ग्रामीण भेगमा दाजुभाइको दिर्घायुको कामना गर्दै दिदीबहिनी बीचको मायाको प्रतीकका रूपमा पर्व मनाउने गरिएको छ ।
यो पर्व १५ दिनसम्म मनाइन्छ । युवा युवतीहरू राती भेला हुन्छन् र माटोले बनेको मूर्तिको पूजा गर्छन् र गीत गाउँछन्। पर्वको अन्तिम दिन उनीहरुले परम्परागत गीत गाउँदै यी सबै मूर्ति तोड्छन् ।
कार्तिक पूर्णिमाको शुभ अवसरमा केटीहरू नदीमा नुहाउछ्न र सामा छकेवा लगायतका अन्य मूर्तिहरू नदीमा विसर्जन गर्ने गर्दछन् ।