महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । किराँत धर्मका पूज्य गुरु फाल्गुनन्दको जन्म १९४२ सालको आजको दिन इलामको एक साधारण परिवारमा भएको थियो ।
किराँत धर्म, भाषा, लिपि, रीतिरिवाज र संस्कृतिको प्रवद्र्धनमा उनले महत्वपूर्ण योगदान दिएका छन् । फाल्गुनन्द एक समाज सुधारक पनि थिए र त्यसका लागि ‘सत्य धर्म मुचुल्का’ नामक घोषणापत्र तयार गरेका थिए। यो दस्तावेज वि.सं. १९८८ वैशाख २४ गते जारी भएको थियो । किराँत गुरुको वि.सं. २००५ मा निधन भएको थियो ।
वि.सं. २०६६ मंसिर १६ गते सरकारले फाल्गुनन्दलाई किराँत समाज सुधारमा उल्लेखनीय योगदान पुर्याएको भन्दै ‘राष्ट्रिय विभूति’ घोषणा गरेको थियो ।
महागुरु फाल्गुनन्दको जन्मजयन्ती विशेषगरी ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुरलगायत देशको बाहुल्य किराँत जनसङ्ख्या भएको पूर्वी भेगमा मनाइन्छ ।
किराँत समुदायले फाल्गुनन्द जन्मजयन्ती संघीय राजधानीमा समेत विभिन्न कार्यक्रम गरी मनाउने किराँत ज्योतिष संघका अध्यक्ष चन्द्रकुमार शर्माले बताए । (RSS)