चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका कार्यकर्ताले चितवन क्षेत्र नं १, खिर्कीको ब्रह्मस्थान स्कुल मतदान केन्द्रमा मतपेटिकामा आगजनी गर्ने प्रयास असफल भएको छ ।
निर्वाचन बहिष्कार गरेको विप्लव नेतृत्वको समूहले पर्खाल पार गरेर मतपत्रमा आगजनी गर्ने प्रयास गरेको छ ।
जिल्ला अधिकारी अस्मान तामाङले केही समूहले निर्वाचनमा अवरोध पुर्याउने प्रयास गरेपनि अहिले अवस्था सामान्य रहेको बताए ।