काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा घण्टी चुनाव चिह्नको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।
काठमाडौं-२, ७, र ८ क्षेत्रमा घण्टीका उम्मेदवार क्रमशः सोबिता गौतम, गणेश पराजुली, विराजभक्त श्रेष्ठ विजयी भएका हुन् ।
काठमाडौं-१, ३, ४, ५ र १० मा नेपाली कांग्रेसका उम्मेदवार क्रमशः प्रकाशमान सिंह, सन्तोष चालिसे, गगनकुमार थापा, प्रदीप पौडेल र राजेन्द्रकुमार केसी विजयी भएका छन् भने काठमाडौं–९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् ।
काठमाडौंकै ६ नम्बर क्षेत्रमा शिशिर खनालले फराकिलो अग्रता लिएका छन् । शिशिरले ७,२१६ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ४,४०५ मत पाएका छन् ।