स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले नेकपा एमालेकी पद्मा अर्याललाई ४ हजार ६३१ मतले पछि पारेका छन् ।
शनिबार दिउँसोसम्म गुरुङले २७ हजार ३२ मत ल्याएका छन् भने अर्यालले २२ हजार ४०१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मंसिर ४ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा स्याङ्जा–२ मा कुल ७० हजार १९१ मत खसेको थियो ।
एमालेले धेरै चुनावी बुथ कांग्रेसका समर्थकले कब्जा गरेको भन्दै पुनः मतदानको माग गरेपछि करिब दुई सातासम्म यस क्षेत्रमा मतगणना रोकिएको थियो । सर्वदलीय बैठकपछि बुधबार पुनः मतगणना सुरु भएको हो ।