नेपाल मेडिकल काउन्सिलकी सदस्य डा तोसिमा कार्कीले पदबाट राजीनामा दिएकी छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि डा कार्कीले आइतबार नेपाल मेडिकल काउन्सिलमा गएर राजीनामा बुझाएका हुन् ।
मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।
परिषद्को सदस्य पदबाट राजीनामा नदिई उम्मेदवार बनेको गुनासो आएपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर सर्वोच्च अदालतले आयोगको निर्णय उल्टाउँदै केसीको उम्मेदवारी कायम राख्न आदेश दिएको थियो ।
कार्कीले आइतबार काउन्सिलमा आएर राजीनामाको पुष्टि गरेको नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले जानकारी दिए । ‘उनको राजीनामा पत्र हिजो (आइतबार) आयो । हामीले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका छौं,’ उनले भने ।