प्रधानन्यायाधीश चोलेन्द्र राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव खारेज भएको छ ।
संसदका महासचिव भरतराज गौतमले राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव खारेज भएको भन्दै पत्र पठाएका छन् ।
संसदको कार्यकाल सकिएपछि राणाले महाभियोग प्रस्ताव खारेज गर्न संसद सचिवालयमा निवेदन दिएका थिए ।
उनको निवेदनको जवाफ दिँदै गौतमले राणालाई आफ्नो महाभियोग प्रस्ताव खारेज भएको भन्दै पत्र लेखेका थिए । अब राणा सर्वोच्च अदालत जाने तयारीमा छन् ।
२०७८ फागुन १ गते राणाविरूद्ध ९८ सांसदले महाअभियोग दर्ता गराएका थिए। फागुन २२ गते प्रतिनिधिसभाले महाअभियोग छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो। फागुन २९ गते प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस भएको थियो। प्रस्ताव पेस भए पनि लामो समय सभामुख सापकोटाले छलफल रोकेर राखेका थिए।
प्रधानन्यायाधीश राणालाई हटाउन माग गर्दै सत्तारुढ गठबन्धनका सांसदले माघ २८ गते संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।