सम दोष: समाग्निग्निश्चा,समधतु मलाक्रिया l
प्रसंनान्द्रिय्मना: स्वस्थ इति अभिधियाते l l
यसको अर्थ हुन्छ जसको बात आदि दोष सम अवस्थामा छन्, जठराग्नी सम छ, रसादी धातु, पुरिशादी मल सम छन्, शरीरका हृदय आदि अबयवको क्रिया सम छ, आत्मा श्रोत आदि इन्द्रिय तथा मन प्रसन्न छन् भने यस्तो अवस्था भएका मानिसलाई स्वस्थ वा निरोगी भनिन्छ l
यी वाक्यलाई आधुनिक विज्ञानको भाषामा भन्नेहो भने बात पित्त कफ दोषहरु सम अवस्थमा छन् (Nervous system, neurotransmitter, brain, endocrine system, digestive system, all enzymatic system, metabolic system, body fluid, blood, lymph, cerebrospinal fluid), रसादी धातु,( रस, रक्त, मांस, मेद, अस्थी, मज्जा र शुक्र), पुरिशादी मल ( दिसा, पिसाव, पसिना, सिगन, खकार, कनेगुजी आदि), शिरिरका अवयव ( मुटु, फोक्सो, मृगौला, फियो, मस्तिष्क, मासु हड्डी आदि) सम अवस्थामा हुने र आत्मा श्रोत आदि इन्द्रीय तथा मन प्रसन्न भएको मानिसलाई स्वस्थ वा निरोगी भनिन्छ l