Author: khaptadm-admin

काठमाडौँ । मुलुकभरका बालबालिकाको स्वास्थ्य स्थितिबारे गरिएको एक सरकारी अध्ययनले पोषणको अवस्था निकै चिन्ताजनक देखाएको छ । सरकारले पहिलो पटक सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ को प्रारम्भिक तथ्याङ्क अनुसार विगतका वर्षहरूका तुलनामा अहिले कुपोषणको दर निकै बढेको पाइएको हो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार हाल चार प्रतिशत बालबालिकामा कडा शीघ्र कुपोषण फेला परेको छ । यसअघि यो दर केवल एक प्रतिशत मात्र रहेको थियो । देशैभरि विस्तृत रूपमा अभियान चलाइएका कारण यस पटक धेरै सङ्ख्यामा कुपोषित बालबालिकाहरू पहिचान हुन सकेको प्रमुख थापाले स्पष्ट पार्नुभयो । भौगोलिक आधारमा हेर्दा…

Read More

काठमाण्डौ । दुग्ध विकास संस्थान (डिडिसी) को कार्यप्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले कडा कदम चालेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संस्थानको समग्र संरचना र व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले नौ बुँदे निर्देशिका जारी गर्नुभएको हो । नयाँ निर्देशिका अनुसार डिडिसीले विगत पाँच वर्षको दूध सङ्कलन, बिक्री वितरणको मासिक तथ्याङ्क र आम्दानी-खर्चको वास्तविक विवरण १५ दिनभित्र मन्त्रालयमा बुझाउनुपर्नेछ । यसका साथै अबदेखि हरेक महिनाको वित्तीय र प्रशासनिक विवरण अर्को महिनाको ७ दिनभित्र अनिवार्य रूपमा मन्त्रालयमा पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ । संस्थानको लामो समयदेखि उठ्न बाँकी रहेको बक्यौता रकम प्रचलित कानुनबमोजिम असुल गरी एक महिनाभित्र मन्त्रालयलाई जानकारी गराउन समेत…

Read More

काठमाडौँ । विद्यालय शिक्षाको गुणस्तर सुधार्न र प्रशासनिक कामलाई अझ चुस्त बनाउन सरकारले तीनवटा नयाँ सेवाकालीन तालिम पाठ्यक्रम पारित गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको शैक्षिक जनशक्ति विकास परिषद्को २९औं बैठकले यी पाठ्यक्रमहरूलाई स्वीकृति दिएको हो । बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ लाई अनुमोदन गरेको हो । शिक्षा नियमावली २०५९ को नियम ७२ अनुसार बनेको यस परिषद्ले शिक्षा क्षेत्रमा आबद्ध जनशक्तिको कार्यक्षमता बढाउने तथा नीति निर्माणमा सहयोग पुर्‍याउने काम…

Read More

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको नयाँ बैठक आजका लागि आह्वान गरिएको छ । संसद सचिवालयका अनुसार उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुने कार्यसूची तय भएको छ । आजको बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरूमाथि छलफल र प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिएको छ । व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री तथा गृह मन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बैठकसमक्ष पेश गर्ने कार्यक्रम रहेको छ । यसैगरी मन्त्री गौतमले नै आजको बैठकमा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक,…

Read More

काठमाडौँ । मुलुकका विभिन्न भू-भागमा पश्चिमी र स्थानीय वायुसँगै पूर्वी क्षेत्र नजिक रहेको न्यून चापीय प्रणालीको मिश्रित प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी पहाडी र हिमाली भेगमा आंशिक कुहिरो र बादल लागेको छ । तराईका बाँकी क्षेत्रमा भने मौसम सफा छ । यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशीसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली इलाकामा सामान्य बदलीको अवस्था रहनेछ । मधेश प्रदेश, बागमती र गण्डकीको तराई क्षेत्र तथा अन्य…

Read More

आजको राशिफल बिस २०८३ जेठ ७ गते विहिबार ईस २०२६ मे २१ नेपाल सम्बत ११४६ अनालाथ्व पञ्चमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल पञ्चमी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, गण्ड योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर…

Read More

काठमाडौँ । प्रतिनिधि सभामा प्लेकार्ड प्रदर्शन गर्ने आफ्नो दलको कदम आगामी दिनमा पनि निरन्तर रहने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले स्पष्ट पारेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष साम्पाङले विरोधका कार्यक्रम थप सशक्त बनाउने र त्यस क्रममा कारबाही भोग्न समेत आफूहरू पछि नहट्ने बताए । संसद्को गरिमा र जनताको आवाज उठाउने क्रममा निलम्बन हुनुपरे पनि त्यसलाई सहर्ष स्वीकार गर्ने उनको भनाइ थियो । सभामुखको भूमिका निष्पक्ष र साझा हुनुपर्नेमा जोड दिँदै उनले आफूहरूलाई निलम्बन गर्न चुनौती दिए पनि त्यसो नगरिएको दाबी गरे । संसद्मा संसदीय दलको नेतालाई बोल्नका लागि दुई-तीन मिनेटको…

Read More

काठमाडौँ । प्रतिनिधि सभाका सदस्य वर्षमान पुनले संसद्मा सत्तापक्षको भूमिकाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारले ल्याएका विषयवस्तुलाई बिनाबहस स्वीकार गरेर सत्तापक्षका सांसदहरू निरीह बनेको दाबी गरे । सांसद पुनले संसद्मा भइरहेका छलफलमा सत्तापक्षका प्रतिनिधिहरूको न्यून सहभागिताप्रति प्रश्न उठाउँदै यसको जवाफ उनीहरूले आफ्ना मतदातालाई दिनुपर्ने बताए । ‘सरकारले ल्याएका कुरालाई मात्रै स्विकार्ने हो र गहन छलफलमा भाग नलिने हो भने यति धेरै सांसदको आवश्यकता नै किन पर्‍यो ?’ उनले प्रश्न गरे । यसका साथै उनले संसद् अधिवेशन ढिलो आह्वान गरेर सरकारले सांसदहरूलाई बाध्यात्मक परिस्थिति (ट्र्याप) मा पार्न खोजेको आरोप समेत लगाए ।…

Read More

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा छिटो सार्वजनिक भएसँगै यो वर्ष कक्षा ११ को नयाँ शैक्षिक सत्र पनि अगाडि नै सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी असार १ गतेदेखि नै कक्षा ११ को पठनपाठन सञ्चालन गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई परिपत्र गरेको छ । शैक्षिक सत्र २०८२ को एसईई नतिजा प्रकाशन भइसकेकाले असारको पहिलो हप्ताबाटै नियमित कक्षा सुरु गर्न केन्द्रले निर्देशन दिएको हो । विगतका वर्षहरूमा एसईईको नतिजा आउन झन्डै तीन महिना लाग्ने र साउन महिनापछि मात्रै कक्षा ११ को पढाइ सुरु हुने प्रचलन थियो । यस पटक भने परीक्षा…

Read More

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बस्नुभएको छ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले कार्यभार सम्हालेकै दिनदेखि लागु हुने गरी उहाँ बिदामा बस्नुभएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले न्यायाधीश मल्ल बिदामा बसेको कुरालाई पुष्टि गर्नुभएको छ । यसअघि तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले ६५ वर्षे उमेरहदका कारण अवकाश पाएपछि २०८२ चैत १८ गतेदेखि मल्लले कायममुकायम प्रधानन्यायाधीशको रूपमा सर्वोच्च अदालतको नेतृत्व गरिरहनुभएको थियो । तर, गएको वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले रोलक्रममा पछि रहेका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीश बनाउने सिफारिश गरेपछि उहाँ असन्तुष्ट रहँदै आउनुभएको थियो । संसदीय सुनुवाइ समितिले द्रुत…

Read More