Author: khaptadm-admin

काठमाडौँ । चाडपर्वको अवसरमा आफ्नो घर फर्कन चाहने सर्वसाधारणलाई लक्षित गर्दै सरकारले आजदेखि लामो दूरीका सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ सुरु गरेको छ । अग्रिम टिकट लिनका लागि बिहीबार रातिदेखि नै काठमाडौंको नयाँ बसपार्कमा यात्रुहरूको बाक्लो उपस्थिति र लामो लाइन देखिएको छ । यातायात व्यवस्था विभाग, प्रहरी प्रशासन तथा यातायात व्यवसायीबीच असोज २० गते भएको सहमति अनुसार आजदेखि टिकट बिक्री खुला गरिएको हो । विशेष गरी सुदूरपश्चिम, कर्णाली र मध्यपश्चिम क्षेत्रका टाढाका जिल्ला पुग्ने यात्रुहरू अघिल्लो दिनको रातिदेखि नै काउन्टर अगाडि लाइनमा बसेका छन् । यात्रुको चाप र भीडभाडलाई व्यवस्थित बनाउन नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिले थप…

Read More

काठमाडौँ । चीनसँगको सीमा जोड्ने हुम्लास्थित सिमकोट-हिल्सा सडकखण्डमा जमेको भारी हिउँ पन्छाउने काम सुरु गरिएको छ । असोज १० गतेदेखि परेको हिमपातका कारण अवरुद्ध बनेको नारा लेक क्षेत्रमा डोजर तथा जेसीबी परिचालन गरी बाटो खुलाउन थालिएको हो । समुद्री सतहदेखि चार हजार ६७० मिटर उचाइमा रहेको नारा लेकको सडकमा ३ फिटदेखि १३ फिटसम्म हिउँ थुप्रिएको छ । सडक योजना कार्यालयका अनुसार यारी क्षेत्रबाट नारा लेकतर्फ हिउँ हटाउने कार्य निरन्तर चलिरहेको छ । इन्धन व्यवस्थापनसहित परिचालन गरिएको प्राविधिक टोलीले मौसमले साथ दिएमा आगामी दुईदेखि तीन दिनभित्र सञ्चालनयोग्य बनाउने लक्ष्य राखेको छ । लामो समयदेखि यातायात ठप्प हुँदा हिल्सा नाकामा रहेका स्थानीय,…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका क्रममा आफ्नो नाम दुरुपयोग गरेर उम्मेदवारहरूको प्यानल सूची प्रचारप्रसार गरिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा छरिएका त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिस नमान्न उनले प्रस्ट पारेका छन् । पार्टीको आन्तरिक निर्वाचनलाई स्वस्थ लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गर्दै थापाले यस पटक कुनै पनि गुट वा प्यानल नरहेको दाबी गरे । महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा अफवाहको पछि नलाग्न आग्रह गर्दै उनले कसैको प्रभावमा नपरी पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर स्वतन्त्र विवेक, निष्पक्ष मूल्याङ्कन र व्यक्तिगत विश्वासका आधारमा मतदान गर्न अपिल गरेका छन् ।…

Read More

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीले आयोगबाट विधिवत् रूपमा दल दर्ताको प्रमाणपत्रसमेत प्राप्त गरेको जनाएको छ । पार्टीले आगामी मंसिर ७ गते झापाको दमकमा औपचारिक घोषणा कार्यक्रम गर्ने जनाएको छ । पार्टीले देश र जनताको हितका लागि सबै राजनीतिक दल, राष्ट्रवादी धारमा विश्वास राख्ने नेपाली, उद्योगी–व्यवसायी, श्रमिक, युवा तथा आम नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको छ । पार्टीले देश जोगाउने र निर्माण गर्ने अभियानमा पृथ्वीनारायण शाहसँग जोडिएका राजा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका पूर्वराष्ट्रसेवक तथा राष्ट्रसेवकलाई राष्ट्रिय एकता, सुशासन, शान्ति र समृद्धिका लागि आफ्नो…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ । अहिले देशका पहाडी तथा हिमाली क्षेत्रका साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगमा सामान्य बदली रहेको छ भने बाँकी भागमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ । मधेश, कोशी र सुदूरपश्चिम प्रदेशको तराई भेगमा सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली रहने अनुमान छ । देशका पहाडी तथा…

Read More

आजको राशिफल बिस २०८३ असोज २३ गते शुक्रबार ईस २०२६ अक्टोबर ९ नेपाल सम्बत ११४६ ञलागा चतुर्दशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष चतुर्दशी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, ब्रह्मा योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ०१ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४३ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काममा आफ्नो सक्रियता देखाउनेभन्दा सम्बन्धित व्यक्तिसँग तालमेल मिलाउनु बढी उपयोगी हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा फरक प्रकृतिको काम सम्हाल्ने अवसर आउन सक्छ। व्यापारमा ग्राहकको व्यवहार…

Read More

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दाङको लमही नगरपालिकामा निर्माणाधीन ट्रमा सेन्टरको स्थलगत अनुगमन गरेकी छन् । स्वास्थ्य सचिव डा. विकास देवकोटा र मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधानसहित पुगेको टोलीले भवनको हालसम्मको भौतिक प्रगति एवम् भावी सञ्चालन ढाँचाबारे विस्तृत जानकारी लिएको छ । अनुगमनका क्रममा मन्त्री मेहताले सेन्टरबाट सर्वसाधारणलाई दिइने ट्रमा सेवाका लागि आवश्यक भौतिक संरचना, जनशक्ति र पूर्वाधार व्यवस्थापनको अवस्थाबारे गम्भीरतापूर्वक चासो व्यक्त गरेकी थिइन् । टोलीले निर्माण कार्यलाई तीव्रता दिँदै यथाशीघ्र गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनमा ल्याउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।

Read More

काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले भेलाका साथै तल्लो तहका अधिवेशनहरूको कार्यतालिका समेत तय गरेको छ । बैठकका निर्णयबारे जानकारी दिँदै उपमहासचिव लेखराज भट्टका अनुसार मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गरिनेछ । पालिका अधिवेशन सकिएपछि पार्टीले प्रदेश स्तरीय भेलासमेत डाक्ने योजना बनाएको छ । यसैबीच, बैठकले प्रतिनिधि सभातर्फ समानुपातिक प्रणालीकी तत्कालीन सांसद जैनब खातुनको निधन भएपछि रिक्त रहेको स्थानमा नयाँ सांसद पठाउने निर्णय गरेको छ । एमालेको समानुपातिक बन्दसूचीको ४० औँ नम्बरमा रहेकी खातुनलाई सो पदमा मनोनयन…

Read More

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँ बराबरको वार्षिक बजेट पारित गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा ९.७७ प्रतिशतले बढी हो । त्रिविको ६७औँ सभामा रजिस्ट्रार डा. रवीन्द्र सिवाकोटीद्वारा प्रस्तुत बजेट अनुसार अनुमानित रकममध्ये १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ आन्तरिक स्रोतबाट र १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ सरकारी अनुदानबाट जुटाउने लक्ष्य राखिएको छ । यद्यपि, सरकारले चालु आर्थिक वर्षका लागि त्रिविलाई ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ मात्रै अनुदान दिएको छ । शिक्षक तथा कर्मचारीको…

Read More

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको समय तालिका एक दिन पछि सरेपछि काठमाडौँमा रोकिएका महाधिवेशन प्रतिनिधिहरूका लागि बसोबास र खानपिनको प्रबन्ध गरिने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज २३ गते बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने गरी संशोधित तालिका सार्वजनिक गरेपछि थपिएको समयका लागि यस्तो प्रबन्ध मिलाइएको हो । बासस्थान आवश्यक पर्ने प्रतिनिधिहरूले आफ्नो क्षेत्रीय सभापतिको सिफारिसमा केन्द्रीय कार्यालयसँग सम्पर्क गरी व्यवस्थापन मिलाउन सक्ने जानकारी दिइएको छ । यसैगरी आजको राति र भोलि बिहानको खानाको प्रबन्ध भने साविककै स्थान भृकुटीमण्डपमा मिलाइएको छ । सभापति गगन थापाले कार्यतालिका परिवर्तनका कारण पर्न गएको अप्ठ्यारोलाई परिस्थितिको बाध्यताका रूपमा बुझिदिन आग्रह…

Read More