असोज २ अछाम। अछाम जिल्लामा पहिरोमा परी २२ जनाको ज्यान गएको छ। बिहीबार रातिदेखि परेको अविरल वर्षाले बाढी र पहिरो निम्त्याएका कारणले सुदूरपश्चिममा ठूलो धनजनको क्षति भएको प्रहरीले जनाएको छ। ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखडा गाउँपालिकामा पहिरो गएको हो।
मृत्यु हुनेमा नवीन बुढा, ढकारी गाउँपालिका–६ का दुई, ४५ वर्षीया जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीया नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । तुर्माखडा गाउँपालिका–५ का १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही र २१ वर्षीय भवन शाही रहेका छन्।
त्यसैगरी कमलबजार नगरपालिका–६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया आराधना कामी, ९ वर्षीया निखिल कामी, ३६ वर्षीया मिनाकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षीया सिरु कामीको रहेका छन्।त्यसैगरी सोहि पालिकाको २६ वर्षीया गम्भिर धमाई, २३ वर्षीया भान धामी, ६ वर्षीया डिग्रा धमाई, ३ वर्षीया कुल धमाई र ४ वर्षीया कल्पना धमाई रहेका छन्।