नेपालगन्ज । बाँकेको नरैनापुरको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्षमुनिका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको छ ।
नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार दादुराको प्रकोप देखिन थालेपछि नरैनापुरमा खोप कार्यक्रमलाई निरन्तरता दिइएको हो ।
सरकारले प्रभावित क्षेत्रमा दादुरा नियन्त्रण गर्ने उद्देश्यले माघ ५ गतेबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।
नरैनापुर स्वास्थ्य शाखाका सर्भिलेन्स अफिसर विवेक पौडलेका अनुसार नरैनापुरका ७ वटा वडामा खोप अभियान सञ्चालन भइरहेको बताउँदै सोमबारसम्म लक्ष्य अनुसार खोप लगाइ सक्ने बताए ।
नेपालगन्ज उपमहानगरपालिकामा दुई सय जना, खजुरामा १८ जना, कोहलपुर नगरपालिकामा तीन जना, नरैनापुर गाउँपालिकामा २१ जना र डुडुवा गाउापालिकामा आठ जना संक्रमित फेला परेका छन् ।