काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भेटवार्ता भएको छ । भेटमा नेपाल र बंगलादेशबीचको द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रहेको जलविद्युत व्यापार, सञ्चार सञ्जाल विस्तारलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।