काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाह आइतबार पोखरा उच्च अदालतबाट सफाइ पाएपछि रिहा भएका छन् ।अदालतको आदेशपछि उनी सोमबार रिहा भएका हुन् ।
आफूविरुद्ध उजुरी परेपछि शाहले गत फागुन १५ गते तनहुँ जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।
यसअघि नवलपुर जिल्ला अदालतले एक नाबालिग बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा साहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो ।
उनीविरुद्ध जबरजस्ती करणी मुद्दा दायर भए पनि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुराचारको अभियोगमा दोषी ठहर गरेको थियो । तर तनहुँ जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो ।
एकै व्यक्तिले दुई जिल्लामा जबरजस्ती करणीको उजुरी दिएका थिए ।
१७ वर्षीय गायिकाले अभिनेता पल शाहविरुद्ध गत फागुन ११ गते तनहुँमा बलात्कारको उजुरी दिएकी थिइन् ।