चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थनबारे समीक्षा हुने बताएका छन् ।
चितवन–२ बाट निर्वाचित हुने पक्का भएसँगै लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण नभएको बताएका हुन् ।
‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ, त्यसलाई कायम राखिराख्न कारण देखेको छैन । सरकारमा जाने त सम्भावना नै छैन,’ लामिछानेले भने ।
सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको उल्लेख गर्दै उनले काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने पनि बताए ।