काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को विवादित सन्देश नहटाउँदासम्म काठमाडौं महानगरपालिकाभित्र कुनैपनि हिन्दी चलचित्र चल्न नदिने महानगरका मेयर बालेन शाहले घोषणा गरेका छन्।
चलचित्र ‘आदिपुरुष’ मा सीतालाई भारतकी छोरी भएको वाक्यांश राखिएप्छि महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) ले उक्त भाषा नसच्याइएसम्म कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बताएका हुन् ।
मेयर बालेनले आज (आइतबार) फेसबुकमा एक स्टाटस लेख्दै उक्त अंश नहटाए महानगरभित्रका हलमा भोलिबाट कुनैपनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरेका हुन्।