काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट गएको अनुसन्धान अधिकृतको टोलीले पशुपतिनाथ मन्दिरमा अनुसन्धान थालेको छ ।
मन्दिरमा चढाइएको सुनको जलहरीको विषय पेचिलो बनेपछि अख्तियारको टोली पशुपतिमा पुगेको हो । आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको थियो । सुन जोख्न सीसीटीभी र बत्ती जडानको काम पनि भएको हो । पशुपति परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सुनको जलहरी जोख्न अख्तियारको टोलीसँगै गुणस्तर तथा नापतौल विभाग, खानी तथा भुगर्भ विभाग, सुनचाँदी व्यवसाय महासंघका प्रतिनिधिसमेत त्यहाँ पुगेका हुन् ।