काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र जागेको र विस्तारै सहज हुँदै जाने बताएका छन् । आज (बुधबार)को प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त दाबी गरेका हुन् ।
‘अर्थतन्त्र केही जागेको छ। अहिले सबैजसो आर्थिक सूचकहरु सकारत्मक दिशातर्फ अघि बढ्दै छन्,’प्रधानमन्त्री प्रचण्डले भने । उनले विदेशी मुद्रा सञ्चिति बढेको, व्यापार घाटा कम भएको, गत वर्षको यही समयको तुलनामा पर्यटक दोब्बर बढेकोले अर्थतन्त्र सुधार उन्मुख भएको दाबी गरे ।