काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको छ ।
आज (आइतबार) बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको हो । अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरेर राष्ट्र बैंकले पारित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।
मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकले अहिले बिहान पौने ८ बजे सञ्चालक समिति बैठक बोलाएको थियो ।
मौद्रिक नीति मस्यौदा गत शुक्रबार नै व्यवस्थापनले पारित गरेको थियो । जसलाइ राष्ट्र बैंक सञ्चालक समितिले छलफल गरी पारित गरेपछि आइतबार मध्याह्न मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।