काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालमा उपचाररत माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएकाे छ ।
प्रधानमन्त्री दाहालले वीर अस्पताल पुगी अस्पतालमा उपचाररत नकेपा माओवादी केन्द्रका सचिव आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको हाे ।
पार्टी कार्यक्रमका लागि अछाम पुग्नुभएका आचार्य बुधबार एकाएक बेहोस भएपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो ।