काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि स्वीट्जरल्याण्डकी नवनियुक्त राजदूत एचई दनाइली म्युवलीबीच शिष्टाचार भेट भएको छ । राजदूत म्युवली प्रधानमन्त्रीलाई भेट्न उनको निवास बालुवाटार पुगेकी हुन् ।
भेटको अवसरमा नेपाल र स्विजरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।