काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भूकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने प्राधिकरणले घोषणा गरेको हो ।
साथै नेपालगन्ज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने वायुयानहरूको शुल्कमा सतप्रतिशत छुट दिने समेत प्राधिकरणले निर्णय गरेको छ ।