अहिलेको बिश्वमा नैतिकता भन्ने बाँकि नै रहेन l जब राजनीतिबाट नैतिकता हट्छ आधुनिक हिटलरको जन्म हुन्छ l वास्तवमा भन्ने हो भने अहिलेको समयका प्रजातान्त्रिक हिटलर धेरै जन्मेका छन् l आपक्नो शक्ति प्रदर्शन र हतियारको व्यापार गर्न लाखौं निर्दोष नागरिकको हत्या भैरखेकोछ l महाभारतको युद्धपछि बन्देज लागेका ब्रम्माश्र (हालका यटमबम) को प्रयोग गर्न उत्ताउला देखिएका अमेरिका र रुस विश्वभरिका प्राणीको संहार गर्न लगभग तैयार छन् l थलचर, जलचर र अन्तरिक्ष प्राणीको दुर्गति बनाउन रणभूमिमा उत्रिएकहरुले कुनै पनि बेला आणविक युद्ध गर्नसक्ने निश्चित छ l
यटमबमको बिस्फोटनबाट सुपरपावर भएर विश्वमा राज गरेको अमेरिकाले रुसलाई निस्तिनाभुत गरी बिश्वसम्भ्राट बन्न एटमबमको प्रयोग नाटो मार्फत अवश्य गर्नेछ l यस अवस्थामा रुसलाई कुनै चान्स नै नदिएर अस्तित्व समाप्त गर्नसके के होला भन्न सकिदैन तर रुसले समय पाएमा अमेरिका र सम्वद्ध देशको पनि दुर्गति हुने निश्चितैछ l यसो भएमा कैयौं अर्व मानिस तुरुन्त मर्नेछन्, फेरी अरबौं रेडियसनबाट मार्नेछन्, अरु बाँचेकहरुको झनै दुर्गति हुनेछ l संसारको बातावरण, जल, बनस्पति सवै प्रदुषित हुनेछन्, प्राणीहरु तड्पेर मार्नेछन् l यी यावत कुराहरु विस्वभरिका मानिसहरुले अमेरिकाको दिग्विजय यात्राको लागि सहनु पर्नेछ l
कुनैपनि स्वतन्त्र देशमा अर्को देशको सेना आएर राज चलाउछ भने के त्यो देश स्वतन्त्र छ भन्ने गरिन्छ तर वास्तबमा स्वतन्त्र हैन ? यो नीतिबाट त कुनैपनि पावरफुल देशले संगै रहेका साना देशहरुलाई अनेक बहानामा आफ्ना सैनिक पठाएर कब्जा गर्दा भैहाल्छ नि l आफ्नो सैनिक संगठन भित्र ल्याएर कब्जामा राख्नु भनेको पनि दास बनाऊनुसरह नै हो , तरिका फरक हो l यो कुरा अहिले सवैले बुझेका त छन् तर प्रतिकार गर्न सक्दैनन् l सबै देशको यो मजबुरी नै अमेरिकाको कुटनैतिक जित हो l
विस्वमा शान्ति चाहने हो भने सर्वप्रथम:
१) कुनै पनि देशले कुनै पनि प्रकारको सैनिक संगठन बनाउनु हुदैन र भएका सैनिक संगठनलाई तुरुन्त बिगठन गर्नु पर्दछ l
२) संयुक्तराष्ट्रसंघको अगुवाइमा कुनै पनि देशले एक अर्कोमा आक्रमण नगर्ने सन्धि गर्नु पर्दछ l
३) संसारमा भएका सम्पूर्ण आणविकबम नस्ट गर्नु पर्दछ l
४) विध्वंसात्मक हतियार बनाउने रकम प्राणी कल्याणमा खर्च गर्नु पर्दछ l
५) सवै देश मिलेर अन्तरिक्षमा काम गर्नु पर्दछ l
यी कुरामा सहमत हुनेहरुले यसलाई शियर गरेर विस्वभरिका मानिसहरुलाई एकजुट गरी मानवताको पक्षमा आवाज उठाउन सहयोग गरौं l समय बलवानछ आणविक युद्ध सुरु भय पछी बोल्नको कुनै अर्थ हुनेछैन l