अनेक कालखण्डमा हजारौं सपुतहरुले नेपालआमाको आँसु पुछ्न आफ्नो बलिदान दिएका छन् तर विडम्बना प्रत्यक बलिदान पछि नेपालको सत्ता राक्षसको हातमा परेको छ l यस पटक नाति पुस्ताले पनि नेपाल आमाको लागि आफ्नो रगत बगाएका छन्, कतै फेरी समवेदना रहित घमण्डी र आततायीको हातमा सत्ता नपरोस् l
सर्व प्रथम देशको रक्षार्थ आफ्नो निस्वार्थ भावले बलिदान दिने नेपालका सपुत प्रति नतमस्तक भएर अश्रुधारा सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु l घाइते नानी बाबुहरुको सिघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछु l शोक सन्तप्त परिवार प्रति समवेदना व्यक्त गर्दै आफ्ना बलिदानी सन्तानको संकल्प पूरा गर्न सधै सजग रहन निवेदन गर्दछु l बलिदानी युवा युवतीको सहादतको मुल्य चुकाउन सवै नेपाली सज्जनले आफ्नो ठाउँबाट योगदान पुगाउने छन् भन्ने आशा पनि छ l सबै घाइतेहरुको पूरा खर्च व्यहोर्न र उचित क्षेतिपूर्ति समेत दिनकोलागी सरकारसंग जोडदार माग गर्दछु l
अव बन्ने सरकार नेपालीको सरकार बनोस्, यो कुरा जेन-जी पुस्ताले राम्रोसंग बुझेर मात्र निर्णय गर्नु पर्ने हुन्छ l यो भन्दा पहिलेका सत्ता परिवर्तनको लागि गरिएका सहादतबाट बिदेशीको रिमोटबाट चल्ने सरकार बनेको कारण तीन दशक भन्दा बढी समय देश अधोगतिमा गएको र तिनीहरुबाट छुटकारा पाउन अहिले यत्रो जनधनको क्षति भएको कुरा भुल्नु हुदैन l देशको लागि स्थाई शक्ति हटाउनु, संसारको एकमात्र हिन्दु राष्टबाट धर्म निर्पेक्षे राष्ट बनाउनु र छिमेकी राष्ट भारतको एउटा सहर भन्दा कम जनसंख्या भएको देश लाई सात प्रदेशमा बिभजन गरिनु, संसारकै एक पुरानो , स्वतन्त्र,सार्वभौमसत्ता सम्पन्न देशको इतिहास नै नभए सरह गरी नागरिकबाट आएका सुझावहरु समेतलाई वेवास्था गरी घोषणा गरेको संबिधान के देशको हितमा हुने गरी गरिएको थियो त ? त्यसैको प्रतिफले त अहिलेको हिंसा निम्त्याएको हो l अर्को महत्वपूर्ण कुरा अव बन्ने सरकारलाई नियन्त्रण गर्न केन्द्र देखि गाउँसम्म जिन-जी पुस्ताबाट नै विशेष समिति निर्माण गरी भ्रस्टाचार नियन्त्रण गर्ने विशेष कदम चाल्नुपर्ने पर्ने कुरा पनि गौणरुपमा लिनु हुदैन l यसरी हामी सबै मिलेर निम्न कुराहरु गर्न सके आउदा एक दसकमा हाम्रो देश नेपालको कायाकल्प नै हुनेछ l
- हाल बिध्यमान राजनैतिक संरचना पूर्ण रुपले बदल्नु पर्दछ l अव बनाइने संरचना न्युनतम खर्चबाट संचालन गर्न सकिने गरी देशमा स्थाई शक्ति लाई पुनर्स्थापना गर्नु पर्दछ l देश भित्र र बाहिर पनि बिबादित यो संबिधान यथावत राखी भएको निर्णयले अझै ठूलो रक्तपात निमत्याउनेछ, कुनै पनि पार्टी वा व्यक्तिले अव कुतर्क गर्न हुदैन l २०४७ को संविधान पुनर्स्थापना एकमात्र, विना खर्च, बिना विवाद र चीरस्थाई समाधान हुन सक्दछ र सवै पार्टीहरुले अहिलेसम्म देश लुटेको प्रायस्चित पनि यहिनै हुन्छ l यसबाट तुरुन्तै नेपालमा अमनचैन कायम हुने, अन्तर्राष्ट्रिय स्तरमा नेपालको गरिमा बढने र एकै निर्णयबाट धेरै समस्या समाधान हुने l यो भन्दा उत्तम उपाय केही छ भने प्रस्तुत गर्न सवै स्वतन्त्र छन् l तर प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री चुन्ने, निर्वाचित माननीयले मन्त्री हुन नपाउने, चुनेको प्रतिनिधि जनताले मन नपराएमा फिर्ता बोलाउने व्यवस्था, मतदान गर्ने स्वतन्त्रता, माथिल्लो सदनमा पनि प्रत्यक्ष चुनाव आदिको व्यवस्था भने हुनु पर्दछ l
- निजामती कर्मचारीलाई स्वतन्त्र बनाउन कानूनमा परिवर्तन गरी कर्मचारीतन्त्र लाई सरकारको हस्तक्षेपबाट अलग राख्नु पर्दछ l कर्मचारीतन्त्र लाई भ्रष्टाचार मुक्त बनाउन सहसचिव भन्दा माथिका पदमा खुल्ला प्रतियोगिताबाट पद पूर्ति गर्नु पर्दछ र कर्मचारीको संख्या घटाएर तलव अहिलेको भन्दा तीनगुना बृधि गर्नु पर्दछ l भ्रस्टाचार गर्ने कर्मचारीलाई कडा कार्यबाही गर्ने व्यवस्था हुनु पर्दछ l
- नेपाली सेनाको संख्या अहिलेको भन्दा तीनगुना बढाउनु पर्दछ, सेनाले पाउने सुबिधा छिमेकी मुलुक भन्दा कम हुनु हुदैन l सेनामा भर्ति गर्दा युवा युवतीको पहिलो प्राथमिकता नेपाली सेना हुनु पर्दछ l अन्य देशका भर्ति केन्द्र बन्द गरिनु पर्दछ l सेनामा पहिले समाबेसिको नाउमा राजनैतिक रुपले भर्ना भएका लाई अन्तिम पाउने सुबिधा दिएर पदमुक्त गर्नु पर्दछ l देशको भूभाग, सिमाना र अन्य त्यस्तै सन्धि सम्झौता गर्नु पर्दा नेपाली सेनाको राय सल्लाह अनिवार्य लिनु पर्ने र सरकारको सल्लाहकार परिषदमा सेनाको अनिवार्य भूमिका हुनु पर्ने l सेनाको लागि अत्याधुनिक हतियार, फाइटर प्लेन आदि व्यवस्था हुनु पर्ने l
- जनपथ प्रहरी लाई नागरिक प्रति पूर्ण जिम्मेवर बनाउन बिशेष तालिम दिने, सुविधा बढाउने, विध्यमान संरचनामा फेरवदल गर्ने,भ्रष्ट, राजनैतिक रुपले प्रेरित, पार्टीसंग आवद्ध भएका, गैह्र कानूनी काममा संलग्न वा संदिग्ध व्यक्तित्व लाई संगठनबाट बिदा गर्नु पर्ने l संगठनको काममा सरकारको तर्फबाट कुनै किसिमको हस्तक्षेप गर्न नपाइने कानून बन्नु पर्ने l
- प्रदेश हटाए पछि प्रदेशमा खर्च हुने खरबौं रुपियाँबाट (आ.व. ०८२/०८३को बजेट २८७ अरब) प्रति बर्ष १० अरब लागएर १० उद्योग खोल्ने हो भने र एक उधोगमा १० हजार मानिस रोजगरी पाउदा एक लाख मानिस रोजगार पाउँछन् l
- १०० अरब प्रति वर्ष पर्यटन उद्योगमा लगाउदा नेपाल लाई सनातन हिदु, बौध र किराँतको धार्मिक स्थल घोषणा गरी धार्मिक, कृषि र स्वास्थ्य पर्यटनको बिकाश गर्न पूर्वाधार बनाउने हो भने प्रति वर्ष २० लाख मानिसले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगार पाउने र प्रतिवर्ष यो बढ्दैजाने हुन्छ l अव सवै नागरिक विशेष गरेर अहिलेको परिवर्तनकरी शक्ति जेन-जी उमेरका हाम्रा छोरा-छोरी, नाति-नातिनीले विशेष किसिमले सोच्नु पर्ने हुन्छ l देशलाई सोच्ने हो भने यो अवधराणा ठीक होला हैन रानीति गर्नेलाई तलव र भ्रस्टाचार गर्न योजना बनउने हो भने बर्तमा व्यवस्था ठिक छदै छ l
- बाहिर पढ्न जाने रोगको उपचार हो सैक्षिक संस्थालाई राजनीतिबाट पूर्णरुपले अलग राख्नु l स्कुल, कलेज र विस्वबिध्यलयको स्तर उन्नति गरी शिक्षाको स्तर बढाई अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम बनाएर हाम्रो जनशक्ति संसारकै उत्कृष्ट जनशक्ति बनाउने र यी काम गर्दा जुन व्यक्तिले बिरोध गर्छ वा प्रत्यक्ष अप्रत्यक्षरुपमा धांजो हाल्छ उसलाई देश बिरोधि भनेर बुझ्दा फरक पर्दैन l माथि भनिएका कुराहरु गर्न कुनै किसिमको ऋण, अनुदान केहि पनि चाहिदैन सिर्फ नीति निर्माण गर्दा पुग्छ l
- नेपालमा पाइने सुन, तामा, फलाम, अभ्रख, युरानियम, रियर अर्थमटेरियल आदिको उत्खनन र निकाशी नेपालले नै गर्ने l यतिमात्र गर्न सक्नेहो भने नेपाल विस्वका धनि रास्ट्रको पंतिमा आउँछ l नेपालले सबै देशको ऋण तिर्न सक्दछ र ऋण तिर्न नसक्ने नागरिकको ऋण पनि तिरिदिन सक्दछ l
- इतिहास हेर्ने हो भने बिभिन्न ठाउँबाट यी यावत कुराहरु गर्न वाधा अड्चन अवस्य आउने पक्का हो l हामी नेपाली मिलेर हाम्रो आफ्नै जनशक्ति, श्रोतसाधन र पैसा खर्च गरेर बनाउने हुदा अवस्य सफल हुन्छौ l प्रयासको लागि एकजुट हुन आवस्यक भने छ l के हामी तयार छौं ?
- अहिले बन्ने सरकारले तुरुन्त चुनाव गराउने काम भन्दा पनि नयाँ संविधानको ड्राफ्ट बनाउनु आवस्यक हुन्छ l दलको चुनाव गरे पछी बहुमत कसैको नआउने र मिलिजुली सरकार बनाएर देश लुट्ने काम मात्र हुन्छ l त्यसैले प्रत्यक जिल्लाबाट एकजना दिग्गज प्रतिनिधि, पार्टीहरुबाट एकएक जना प्रतिनिधि, कानूनविद, अर्थविद, शिक्षाविद र यस्तै विविध विषयका ज्ञाताहरु आवस्यकता अनुसार लिएर नेपाललाई उपयुक्त हुने संबिधान बनाउन उपयुक्त होला भन्ने मेरो विचार हो l
यदि यी कुराहरु सवैलाई ठीक लागेको छ भने व्यापक रुपले शियर गरौं र यसमा थप गर्नु पर्ने कुराहरु ईमेल मार्फत पठाई आफ्ना साथी, सहपाठी, विशेषज्ञ, ग्रुपका साथीहरुको समेत सल्लाह लिएर राष्टिय बहसको बिषय बनाउन सहयोगी भूमिका खेलौं l एउटा कुरा के नभुलौं भने यस अनुकुल कानून सवै भन्दा पहिलो आवस्यकता हो l कसै प्रति पूर्वाग्रही नभएर सोचौं, आफ्ना जेष्ठ नागरिकको सल्लह लियर नेपालीमात्रले निर्णय गरौंला l बाहिरी प्रभावबाट बचेर काम गरौं l
info@khaptadmedia.com, drtjjoshi@khaptadmedia.com



