वीरगन्ज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ ।
मधेस प्रदेशसभामा प्रदेशका अर्थ मन्त्री भरत प्रसाद साहले प्रस्तुत गरेको बजेटमा चालु तर्फ १६ अर्ब ७ लाख १ हजार अर्थात ३६.४५ प्रतिशत पूँजिगत तर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार अर्थात ६३.५५ प्रतिशत रहेको छ। यो बजेट चालु आवको तुलनामा ०.५० प्रतिशतले घटी रहेको छ ।
सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री साहले जानकारी दिनु भयो ।