काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिँदै उनले विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको जानकारी दिए ।
उनले भने, ‘कुनै पनि कालखण्डमा भएका २५ वटा काण्डहरुलाई छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको मैले जानकारी गराइसकेको छु । यो साहस आँटका साथ प्रस्तुत भएका छौँ ।’