आयोजक जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा जर्मनीलाई २-१ गोल अन्तरले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।
निर्धारित समयमा १-१ को बराबरीपछि थपिएको ३० मिनेटको पनि अन्तिम समयमा सम्हालिन नसक्दा जर्मनी पराजय व्यहोर्न बाध्य भयो ।
स्पेनले दानी ओल्मोको गोलबाट ५१ औं मिनेटमा अग्रता बनाएको थियो । तर, ८९ औं मिनेटमा जर्मनीका फ्लोरियन रिट्जले बराबरी गोल फर्काए ।
११९ औं मिनेटमा गोल गरेर मिकेल मेरिनोले स्पेनलाई जित दिलाए ।