काठमाडौँ । सरकारले साउन २० गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
आइतबार ललितपुरमा रातो मत्स्येन्द्रनाथको भोटो जात्रा देखाइनेछ ।
जात्रा देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजासहित बुङमति पुर्याइन्छ ।
परम्पराअनुसार रातो मस्त्येन्द्रनाथलाई सूर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरायण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ ।