काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा बुधबार एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो ।
यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलबार सुन तोलाको २ लाख ८४ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर तोलाको ५९२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५८८० रुपैयाँमा कारोबार भएको थियो ।



