काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान बस्दैछ । हिजो शनिबार बस्ने भनिएको बैठक सरेपछि आज बिहान १० बजेका लागि तय गरिएको हो ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने यस बैठकले प्रतिनिधि सभातर्फको समानुपातिक उम्मेदवारहरूको नामावली सिफारिस गर्ने अन्तिम निर्णय गर्नेछ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र क्लस्टर मिलाएर समानुपातिक सांसदहरूको सूची बुझाउन रास्वपाले आजै नामावली फाइनल गर्ने तयारी गरेको हो ।
भर्खरै सम्पन्न निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ उल्लेख्य मत प्राप्त गरेको छ । बैठकमा समानुपातिक सांसद छनोटका साथै नयाँ सरकार गठनमा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा पनि छलफल हुने बुझिएको छ ।



