काठमाडौँ । नेपालका लागि अमेरिकी विशेष दूत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा संवाद भएको छ ।
काठमाडौँस्थित अमेरिकी दूतावासले दिएको जानकारीअनुसार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने विशेष दूत सर्जिओ गोरले मंगलबार लामिछानेलाई टेलिफोन गरी निर्वाचनमा हासिल गरेको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा दुई देशबीचको दशकौँ लामो कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्याउने विषयमा समेत छलफल भएको थियो ।
फोन वार्ताका क्रममा अमेरिकाले नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर आर्थिक विकास र द्विपक्षीय हितका क्षेत्रमा सहकार्य गर्न आफूहरू सधैँ तत्पर रहेको स्पष्ट पारेको छ ।



