काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनियुक्त मन्त्रीहरू र बालेन शाहलाई शुभकामना दिँदै मुलुकको विकासका लागि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले नागरिक अधिकारको सुरक्षा र सुशासन कायम गर्न सरकारले चाल्ने हरेक सकारात्मक कदममा कांग्रेसको पूर्ण समर्थन रहने स्पष्ट पार्नुभयो ।
थापाले देशको समुन्नति र आम जनताको हितका पक्षमा हुने कार्यमा आफ्नो पार्टीले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्दै सहयोग गर्ने उल्लेख गर्नुभएको छ ।



