काठमाडौँ । नेपाल र मौरिससबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले दुई देशका परराष्ट्रमन्त्रीहरूबीच विशेष संवाद भएको छ ।
नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मौरिसस पुग्नुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र मौरिससका परराष्ट्र, क्षेत्रीय एकीकरण तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्री धनञ्जय रामफुलबीच शनिबार भएको उक्त भेटवार्तामा आपसी चासोका विषयहरूमा केन्द्रित रहेर छलफल भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने र नागरिकस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउने बारेमा सकारात्मक कुराकानी भएको छ ।


