पूर्ण प्राकृतिक, कोइला र अप्राकृतिक सुगन्ध नभएको , मानसिक तनाव कम गरी मन शान्त गर्ने, नकारात्मक शक्ति हटाई वास्तुदोष कम गर्ने, स्मरण शक्ति बढाउने, योग अनि ध्यानमा उपयोगी l
५००० वर्ष पुराना विभिन्न आयुर्वेदक ग्रन्थहरुमा उल्लेखित स्वास्थावर्धक जडिबुटी र वातावरण शुद्धिका लागि हवनकार्य गर्न वेदमा उल्लेखित हवन सामग्रीको बैज्ञानिक अनुसन्धान गरी मानव स्वास्थ्यको लागि उत्तम मानिएको औषधि गुण युक्त जडिबुटीको समिश्रणबाट यो धूपको निर्माण गरिएको हो ।
यसमा अष्ट सुगन्ध संगै अन्य बहुमुल्य हितकारी सामग्रीको प्रयोग भएको छ । कुनै पनि प्रकारको शुभ कार्य र पूजाको लागि यो धूप ज्यादै उपयोगी छ, किनकि यो सम्पूर्ण प्राणीको लागि हितकारी सामग्रीको प्रयोग गरी निर्माण गरिएको छ ।
यो धूपले मष्तिस्क र स्नायुप्रणालीमा राम्रो असर पर्ने भएकोले स्मरण शक्ति बढ्ने, मानसिक तनाव कम हुने, गहिरो निन्द्रा पर्ने, नकारात्मक शक्ति हट्ने, सकारात्मक भावना आउने र वास्तु दोषलाई कम गर्ने हुन्छ ।
मुटु, स्वास प्रणाली र स्नायु प्रणालीमा राम्रो प्रभाव पर्ने भएकोले माथि उल्लेखित कुराहरु हुन सम्भव भएको हो तर अप्राकृतिक चिजहरु जस्तै कोइला, विषालु केमिकल, अप्राकृतिक वासना मिसिएका धूप स्वास्थ्य र वातावरणको लागि हानिकारक हुन्छन् ।
यो धूप घरभित्र, पसल, मन्दिर, गुम्बा आदि स्थलमा बाल्दा बलेको ठाउँमा त शुद्धि हुन्छ नै, साथै चारैतिरको वातावरण पनि शुद्ध हुने भएकोले यो जगतका सम्पूर्ण प्राणीहरुको लागि हितकारी हुने भएकोले यो धूप पूजा गर्दा बाल्ने भनिएको हो ।
पूजा गर्दा मन प्रफुल्ल छ, शान्ति छ, मानसिक तनाव छैन र एकाग्रता भएर ध्यान गरेमा आध्यात्मिक शक्ति जागरण भै आफुले चिताएका काम सफल हुने भएकोले भगवान खुसि हुने कुरामा विस्वास गरिएको हो ।
यो धूप २१ दिन देखि ४५ दिन लगातार प्रयोग गरि प्राणायाम र ध्यान गर्नु होस्, अनि आफुमा आएका सकारात्मक परिवर्तन बारे हाम्रो इमेल, फोन आदिबाट खबर गर्नुहोस् ।