Author: खप्तड मिडिया

खप्तड मिडियामा प्रकाशित कुनै समाचारमा तपाइको गुनासो भए हामीलाई info (at) khaptadmedia.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक, युट्युब, टिकटक, ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । धन्यवाद ।

२९ भदौ काठमाडौँ। आजदेखि सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट दशैंका नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार उपत्यका भित्रका सर्वसाधारणले आज भदौ २९ गतेदेखि नयाँ नोट साट्न सक्नेछन् भने उपत्यका बाहिरका सर्वसाधारणले असोज २ गतेदेखि नयाँ नोट साट्न सक्नेछन् । मङ्गलबारसम्म राष्ट्र बैंकले २५ बैंक तथा वित्तीय संस्थामा दुई अर्बभन्दा बढीको नयाँ नोट वितरण गरिसकेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाले पनि नयाँ नोट साट्दै आएका छन् । राष्ट्र बैंकका कार्यालय, वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाबाट नयाँ नोट साट्न सक्नेछन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई…

Read More

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थानीय तहको निर्वाचनमा गरेको वाचा अनुसार धरान उपमहानगरपालिकाका स्थानीयवासीलाई पानी पुरयाउन सफल भएका छन्। धरानका घरधुरीमा खानेपानीको पाइपबाट पानी पुराए पछि मेयर साम्पाङले स्थानीयसँग खुसी साटासाट गरेका छन्। स्थानीयको घरघरमा पिउने पानी पुगेको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै साम्पाङले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। भिडियोमा मेयर साम्पाङसँगै धरानका बासिन्दा पानीको फोहोरामा भिजिरहेको देखिन्छ। सम्पाङले स्थानीय तहको निर्वाचनमा धरानको चरम खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।

Read More

२८ भदौ, काठमाडौं। काठमाडौंका पाँच क्यासिनोले काठमाडौं महानगरपालिकालाई मनोरञ्जन कर तिरेका छन् । कामपाका अनुसार उनीहरुले ६६ लाख मनोरञ्जन कर तिरेका छन् । त्यसैगरी काठमाडौं फन पार्कले मनोरञ्जन कर १७ लाख तिरेको छ । म्यारियटको डेल्टिन क्यासिनोले २१ लाख, होटल अन्नपूर्णको क्यासिनो प्यालेसले ११ लाख, हयातको प्राइड इन्टरटेन्मेन्ट एन्ड रिक्रिएसनले ९ लाख ८९ हजार, सोल्टीको महजोङ इन्टरटेनमेन्टले ९ लाख ९३ हजार र मल्ल होटलको बेलिन क्यासिनोले १३ लाख रुपैयाँ कर बुझाएको छन। कामपाले यसअघि यी क्यासिनोलाई मनोरञ्जन कर तिर्न एक साताको अल्टिमेटम दिएको थियो । रेडिसन होटलको क्यासिनो रेट र याक एण्ड यतिको रोयल क्यासिनो हाल सञ्चालनमा नआएकाले कर नतिरेको…

Read More

२७ भदौ, काठमाडौं। चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समिति अध्यक्ष तथा चिनियाँ सभामुख ली झान्सु चारदिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका छन् । उनलाई आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका थिए । गृह मन्त्रालयका अनुसार सभामुख सापकोटा र चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष लीबीच आज द्विपक्षीय भेटवार्ता हुने भएको छ । सभामुख सापकोटाले चिनियाँ नेताको सम्मानमा आजै रात्रिभोजको आयोजना गर्नेछन् । लीले भदौ २९ गते राष्ट्रपति विद्यादेवी भण्डारी र भदौ ३० मा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले भदौ ३० गते राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेना…

Read More

२६ भदौ काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले आइतबार पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘नेपाली फुटबलको सेवामा ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु,’ उनले भने, ‘यस यात्रामा मलाई साथ दिने सबैलाई धन्यवाद। एक टोली, जय नेपाल।

Read More

शान्ति वास्तवमा भन्नेहो भने मानव जीवको लागि अति आवस्यक वस्तु हो । मानव सभ्यताको कुरा गर्दा त लाखौ वर्ष देखि हामी शान्तिको खोजमा छौं । वैदिक कालमा देहको शन्ति, पृथिवीको शान्ति, बनस्पतिको शान्ति, अन्तरिक्षको शन्ती र शान्तिको लागि पनि शान्तिको परिकल्पना गरिएको छ । भगवान बुद्धले त आफ्नो सारा जीवन शान्ति र अहिंशाको लागि अर्पण गर्नु भएको इतिहास छ। अहिलेको संसारमा हेर्ने हो भने त अशान्ति नै अशान्ति छ। मानिसहरुले आफु भित्रका रिस, राग, द्वेश, इस्र्या, घ्रिणा जस्ता शान्तिका विरोधी दुर्गुण बढाइ राखेको छ । मै खाउ मै लाउ सुख सयल मौज सब म गरांै जस्ता नितान्त व्यक्तिवादि सोचहरुको हावी…

Read More